३ कार्तिक २०७८, बुधबार
समाचार

कांग्रेसलाई नयाँ उचाईमा लिन गम्भीर हुन आवश्यक : पौडेल

प्रकाशित मिति :  १७ फाल्गुन २०७५, शुक्रबार १८:०८


काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई नयाँ उचाईमा लैजानका लागी सबै नेताहरु गम्भीर हुनुपर्ने बेला आएको बताएका छन् । नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर राणाको १०९औं जन्मजयन्तीको अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उहाले पार्टीको संस्थागत विकासका लागि सत्ता र लालच दुवै त्याग्नुपर्ने समेत बताए ।

उहाले संस्थापक नेताहरुको सपना साकार पार्नका लागी पनि पार्टीलाई बलियो बनाएर अघि बढ्नुपर्ने जिकिर गरे । पौडेलले सुवर्णशमशेर त्याग, तपस्या र प्रतिष्ठाका प्रर्याय व्यक्तित्व भएको धारणा पनि राखे । उनले समाजवादी प्रतिष्ठालाई कायम राख्नका लागी सुवर्णशमशेरले खेल्नुभएको भूमिकाको चर्चा गरे ।

कार्यक्रमम अन्य नेताहरुले पछिल्लो समय कांग्रेसमा भिन्न विचार राख्नसक्ने व्यक्तित्वको अभाव देखिन थालेको बताएका थिए । सुवर्ण सम्शेर राणा नेपालका एक बरिष्ठ राजनीतिज्ञ थिए । उनी २०१५ सालमा १ वर्ष नेपालको प्रधानमन्त्री बनेका थिए भने राणा परिवारमा जन्मेर पनि उनी राणा शासन विरूद्धको आन्दोलनमा व्यापक रूपमा लागेका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








चीनबाट रासायनिक मल आउन सुरु
नेपालबहस संवाददाता