१८ चैत्र २०७९, शनिबार
समाज

प्रेसमाथि अंकुश नलगाउ : सभापति देउवा

प्रकाशित मिति :  १७ फाल्गुन २०७५, शुक्रबार १८:२५


देउवाद्वारा एकपक्षीय विभाग गठन, आज सात विभाग प्रमुख तोकिए

भीमदत्तनगर । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताबिना प्रजातन्त्र बाँच्न नसक्ने बताएका छन् । आज कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन कञ्चनपुर शाखाको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले लोकतन्त्र र प्रेस एक अर्काका पूरक भएकाले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न नहुने बताए ।

उनले सरकार प्रेस स्वतन्त्रताप्रति गम्भीर नभएको र प्रेसलाई अंकुश लगाउन खोजिएको आरोप पनि लगाए । सुदूरपश्चिम प्रदेशको विकासका लागि सरकारले पर्याप्त बजेट नदिएको बताउँदै सभापति देउवाले महाकाली नदीमा चार लेनको पुल बनाउन सकिए सुदूरपश्चिमको मात्र नभई देशकै विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउँदले अन्धकार र तानाशाहीका विरुद्ध पत्रकारहरु लडेको स्मरण गरे । उनले राजनीतिभन्दा माथि उठेर सञ्चार जगत सक्रिय हुनुपर्नेमा जोड दिए ।

अर्का केन्द्रीय सदस्य रमेश लेखकले शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको दाबी गर्दै लोकतन्त्रका मूल्य मान्यतालाई बेवास्ता गरिएकोे आरोप लगाए । सो अवसरमा सुदूरपश्चिमको पत्रकारिताको विकासमा योगदान पु¥याएका अग्रज पत्रकारहरुलाई सम्मान गरिएको थियो । यसैबीच सभापति देउवा बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्तका परिवारलाई भेट्न पुगेका थिए ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा