१३ चैत्र २०७९, सोमबार
दुर्घटना/मृत्यु

दार्चुला–तिङ्कर सडकमा जीप दुर्घटना, ११ को मृत्यु १ जना घाइते !

प्रकाशित मिति :  १८ फाल्गुन २०७५, शनिबार ०९:११


मुकेश बहादुर पाल

दार्चुला । दार्चुला तिंकर सडक अन्तरगत राताकाठा भिरमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छ्न । ज्यान गुमाउनेमा ७ महिला, ३ पुरुष र १ बालिका रहेका छ्न । दार्चुला जिल्ला सदरमुकाम बाट दुहुँ गाउँपालिकाको लागि सवारी बोकेर हिँडेको म १ ज २८० नम्बरको जिप दुर्घटना भएको हो ।

जीप सडकबाट करिब २ सय मिटर तल महाकाली नदी किनारमा खसेको छ । दुर्घटनामा घाइते जीप चालक दिपक सिह धामीलाई उपचारको लागि जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भब नभए पछि थप उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

शुक्रबार राती ७ स् ३० बजे को समयमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउनेहरुको परिचय भने अझै खुल्न सकेको छैन् । दुर्घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले मिलेर उद्धार कार्य गरिरहेका छन ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा







कस्तो छ, आजको मौसम ?
नेपालबहस संवाददाता