११ कार्तिक २०७८, बिहीबार
दुर्घटना/मृत्यु

दार्चुला–तिङ्कर सडकमा जीप दुर्घटना, मृतक सबैको सनाखत

प्रकाशित मिति :  १८ फाल्गुन २०७५, शनिबार १०:०७


सुत्केरी बाेकेकाे गाडीमा पहिरो खस्दा एकको मृत्यु, चार घाइते

मुकेश बहादुर पाल

दार्चुला । दार्चुला तिङ्कर सडक खण्डको राताकाठामा शुक्रबार राती भएको जीप दुर्घटनामा परी ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ । शुक्रबार राती नेपाल प्रहरी, शस्त्र प्रहरी र नेपाली सेनाले घटनास्थलबाट मृतकको लास संकलन गरी जिल्ला अस्पताल दार्चुलामा ल्याईएको थियो ।

जीप दुर्घटनामा परी मृत्यु हुनेहरुमा दुहुँ गाउँपालिका वडा नम्बर बस्ने ४५ बर्षका कल्यानसिह बडाल, वहाँकै छोरी बर्ष १५ कि निर्मला बडाल, दुँहुँ गाउँपालिका वडा नम्बर २ बस्ने ३५ बर्षीया परुली धामी रहेका छन् ।

त्यसैगरी दुहुँ गाउँपालिका १ बस्ने ५४ बर्षका धन बहादुर बम, दुहुँ गाउँपालिका वडा नम्बर ४ दौला बस्ने बर्ष ५५ कि अम्मरा बम, सोही ठाउँकी बर्ष ४ कि आयुसा बम, दुहुँ गाउँपालिका वडा नम्बर १ पीपलचौरी बस्ने ४५ बर्षिया गोमती बम र सोही ठाउँकी बर्ष ७१ की धाना बम रहेका छन् ।

त्यस्तै बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका ६ सित्तड बस्ने ६० बर्षका प्रताप चन्द भनिने धनबहादुर चन्द, सोही ठाउँ बस्ने बर्ष २०÷२१ कि स्नेहा चन्द र दुहुँ गाउँपालिका वडा नम्बर १ बस्ने ५३ बर्षीया मानमती भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सोही दुर्घटनामा परि घाइते भएका जिप चालक दिपक सिह धामीलाई जिल्ला अस्पतालमा उपचार सम्भव नहुदा थप उपचारका लागि शुक्रबार राती नै भारतको पीथौरागढ रेफर गरिएको छ ।

दुर्घटनामा परी मृत्यु भएका सबैको शनिबार जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरी शव आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख रविन्द्र कठायतले जानकारी दिए ।

जिप दुर्घटनाको कारण खुल्न सकेको छैन् । दुर्घटना स्थल राताकाठा क्षेत्रमा सडक चौडा गर्ने कार्य भईरहेको छ । तर सो क्षेत्रमा कुनै पनि सवारी साधनहरु सञ्चालनमा रोक लगाइएको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा