Advertisement

काठमाडौं । सत्तारुढ दल नेकपाका नेता रुपनारायण श्रेष्ठले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको असमायिक निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले स्वर्गीय रवीन्द्र अधिकारीको सम्झनामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै श्रेष्ठले नेपालका सबै पार्टीका युवा नेताहरुको लागि स्वर्गीय अधिकारी ‘रोल–मोडल’ भएको पनि प्रतिक्रिया दिए ।

उहाले स्वर्गीय अधिकारी बोलेको कुरा पूरा गरेरै छाड्ने नेताको रुपमा चिनिएको सुनाए । कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले आफ र स्वर्गीय अधिकारीवीच निकै आत्मीय सम्बन्ध रहेको बताए ।

Advertisement

मुलुकले निकै धेरै आशा गरेको युवा नेता गुमाएको भन्दै उनले अधिकारीलाई सबै पार्टीका युवा नेताहरुले रोलमोडलको रुपमा लिएको बताए । उनले वाइडबढीको बारेमा भने सरकारले छानविन जारी राख्नुपर्ने बताए ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष सुमनले स्वर्गीय रवीन्द्र अधिकारी अत्यन्तै असल नेता रहेको जिकिर गरे । सिँगो मधेश नै अधिकारीको व्यक्तित्व र विचारबाट प्रभावित बनेको सुमनले बताए । फरक प्रसँगमा उनले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिता लिएकैसरह भएको पनि स्पष्ट पारे े ।

Advertisement