१३ माघ २०७८, बिहीबार

फेरि कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेरा विरुद्ध : बामदेव गौतम

प्रकाशित मिति :  १८ फाल्गुन २०७५, शनिबार २१:०८


ओलीको हातमा बामदेव कार्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का नेता वामदेव गौतमले स्व. रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा आफूले उप-निर्वाचन लड्ने भन्ने कुरा कुप्रचार गरिएको बताएका छन् । आफ्नो फेसबुकमा धारणा सार्वजनिक गर्दै उक्त क्षेत्रमा उनकै परिवारका सदस्यलाई उमेद्वार बनाउनुपर्नेमा जोड दिएका छन् । हेलिकप्टर दुर्घटनामा परी हालै मृत्यु भएका नेकपा सांसद स्व रवीन्द्रको निर्वाचन क्षेत्रमा आफूले उप-निर्वाचन लड्ने कुनै मनसाय नदेखाएको तर आफ्ना विरुद्ध कुप्रचार सुरु गरिएको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

निवर्तमान संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका रवीन्द्रको निधनपछि उनको निर्वाचन क्षेत्र कास्की – २ खाली भएको छ ।आफ्नो इच्छाविपरीत पार्टीले निर्णय गरेछ भने पनि रवीन्द्रको दुःखद निधनबाट खाली भएको निर्वाचन क्षेत्रमा आफू उम्मेदवार नबन्ने उनले प्रष्ट पारेका छन् ।

 


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा