१३ चैत्र २०७९, सोमबार

सल्यानमा फोर्स गाडी दुर्घटना चौध घाइते

प्रकाशित मिति :  १८ फाल्गुन २०७५, शनिबार २२:०६


मोटरसाइकल दुर्घटनामा सेनाका एक जमदारको मृत्यु

सल्यान । नेपालगञ्जबाट रुकुम सिलिङ्गेका लागि छुटेको भे १ ज १००२ न फोर्स गाडी जिल्लाको बागचौर नगरपालिका वडा नं १ कालाखेत बजार नजिकै दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । शनिबार दिउँसो भएको भएको दुर्घटनामा गाडी सडकबाट झण्डै १५ मिटर तल शारदा नदीमा खसेको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर भएकाले सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

अन्य घाइतेमा पाँच जनाको जिल्ला अस्पताल सल्यान, पाँच जनाको श्रीनगरका विभिन्न अस्पताल र दुई जनाको थारमारेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा



कस्तो छ, आजको मौसम ?
नेपालबहस संवाददाता