१८ चैत्र २०७९, शनिबार
पत्रपत्रिका

किस्ट मेडिकल कलेजमा पनि मनपरी, बढी शुल्क नतिरे हाजिरीमै रोक

प्रकाशित मिति :  १९ फाल्गुन २०७५, आईतवार ०६:५९


काठमाडौं । ललितपुरस्थित किस्ट मेडिकल कलेजले एमबिबीएस र बीडिएस अध्ययनरत विद्यार्थीसँग बढी शुल्क उठाउने गरेको छ । सरकार र विश्वविद्यालयले तोकेभन्दा बढी शुल्क नदिने विद्यार्थीलाई हाजिर गर्नसमेत रोकिएको छ ।

कलेजले मन्त्रिपरिषद्बाट विर्धारितभन्दा लाखौँ बढी शुल्क असुल्ने गरेको विद्यार्थीले बताएका छन् । अवैध शुल्क नदिनेलाई परिचयत्र, लगबुक, लाइबेरी कार्ड नबनाइदिने र हाजिरी गर्न नदिने गरेको उनीहरुको गुनासो छ ।

शिक्षा मन्त्रालयको निःशुल्क छात्रवृत्ति कोटामा भर्ना हुन गएका विद्यार्थीसँग समेत मनोमानी शुल्क मागिएको छ । कलेजका शैक्षिक संयोजक किशोरीसिंह बस्नेतले अतिरित्त रकम नतिर्ने विद्यार्थीलाई हाजिर नगराउने चेतावनी दिने गरेको विद्यार्थी बताउँछन् । यो समाचार सुदीप कैनीले कान्तिपुरमा लेखेका छन् ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा