कला साहित्य उत्सवमा भूराजनीतिक वहस
इन्द्र रिजाल
फागुन १९, २०७५ आइतबार १२:५२:४४
भद्रपुर । झापाको काँकडभिट्टामा हिजाेदेखि शुरु भएको कला साहित्य उत्सवको अन्तिम सत्रमा ‘भू–राजनीतिक चिन्तन’ विषयमा रोचक बहस भएको छ । बहसमा नेपाल–भारत प्रबुद्ध समूहका सदस्य एवं जवाहरलाल नेहरु(जेएनयु) विश्वविद्यालयका प्रा महेन्द्र पी लामा र ‘प्रयोगशाला’ पुस्तकका लेखक तथा कान्तिपुर दैनिकका पूर्वसम्पादक सुधीर शर्मा वक्ता थिए ।
युवा पत्रकार वसन्त बस्नेतले सहजीकरण गरेकाे सो बहसमा ‘नेपालमा चीन पसेको हो ?’ भन्ने विषयले प्रवेश पाएको थियो । नेपालमा चीन पस्यो पस्यो भन्छन् नि, तपाइँलाई कस्तो लागेको छ ? प्रस्तोता वसन्त बस्नेतले भारतीय प्रा लामालाई प्रश्न सोधेका थिए ।
सोझोभन्दा घुमाउरो कूटनीतिक जवाफ फर्काउन सिपालु लामाले ‘चीन नेपालमा पस्नु कुनै नौलो विषय होइन’ भने । “केरुङ, तातोपानी र काठमाडौँबाट चीन पसिरहेको उल्लेख गर्दै उत्तरबाट रेल ल्याउन चाहिँ सोचेभन्दा कठिन भएको दाबी गरे । आठ हजार फिटभन्दा माथि उक्लिँदा नै स्याँस्याँ र फ्याँफ्याँ हुन्छ हिमाल नाघेर रेल कसरी ल्याउने होला ?”, लामाले प्रश्न तेस्याए ।
बहसमा सहभागी पत्रकार सुधीर शर्माले नेपालमा चीनको सहयोग फाइदाजनक हुने तर्क पेश गरेका थिए । उनले नेपालले नेपालको पूर्वाधार विकासका लागि आर्थिकरुपमा सम्पन्न चीनबाट फाइदा लिनुपर्ने र त्यसको सम्भावना भएको बताए ।
भारतले दुई वर्षअघि लगाएको आर्थिक नाकाबन्दीको चर्चा गर्दै शर्माले चीन पसेर भारतलाई किनारा लगाउला भन्ने डरले नै भारतीय संस्थापनले पछिल्लो समय नेपालसँग सम्बन्ध सुमधुर बनाउन कसरत गरिरहेको धारणा व्यक्त गरे ।
“नाकाबन्दी लगाउनु गल्ती थियो भनेर भारतले अहिले महसुस गरिसकेको छ”, शर्माको तर्क छ, “यसको एउटै कारण छ, नेपालमा चीन पस्ने भारतको डर ।” नेपालमा नाकाबन्दी लगाउँदा भारत विरोधी जनमत बढेको र त्यसकै बलमा कम्युनिष्ट सत्तामा पुगेकोसमेत भारतले महसुस गरेको उनको धारणा थियो ।
नेपालमा मात्र नभएर विश्वभरि नै चीन पसिरहेको र उसलाई रोक्न प्रयास पनि भइरहेको भारतका नेपालविज्ञ लामाले कार्यक्रममा बताए । प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको यसपटकको उत्सव चौथो संस्करण हो ।
िहजाेदेखि फागुन २० गतेसम्म सञ्चालन हुने उत्सवमा विचार विमर्शदेखि विभिन्न कविता वाचन, चित्रकला प्रतियोगिता र चरा संरक्षणका लागि तस्बीर प्रदर्शनी गरिएको आयोजक रिडर्स झापाका अध्यक्ष उज्ज्वल प्रसार्इंले बताए ।
पहिलो दिनकै सत्रमा ‘समकालीन आख्यानमा वर्गचेत’ शीर्षकमाथि पुण्यप्रसाद खरेल, सरस्वती प्रतीक्षा र रेमिका थापाबीच बहस भएको थियो । सो बहसको सहजकर्ता दीपक सापकोटा रहेका थिए । त्यसपछिको सत्रमा ‘अभिव्यक्ति र बहीष्करण’ शीर्षकमा अनुभव अजित, नयनराज पाण्डे र सुप्रिया मानन्धरले आफ्ना धारणा राखेका थिए ।
कार्यक्रमको सहजकर्ता बन्दना ढकाल थिए । कार्यक्रममा देही आर्टको आयोजनामा विद्यार्थीले बनाएका चित्रको प्रदर्शनी गरिनुका साथै दर्शकले मन पराएको चित्रमा मत दिने व्यवस्थासमेत मिलाइएको थियो ।
दर्शकले दिएको मतका आधारमा उत्कृष्ट चित्रलाई पुरस्कृत गरिने देही आर्टका छितेन शेर्पाले जानकारी दिए । साँझ परिवर्तन थिएटरले ‘बिटुलो आख्यान’ नामक नाटक मञ्चन गरेको थियो ।
मेची सामुदायिक भवनमा नाटक हेर्न आउने दर्शक खचाखच भरिएको परिवर्तन थिएटरकी कविता नेपालले बताए । सो नाटक रिडर्स झापाका अध्यक्ष उज्ज्वल प्रसार्इंले लेखेका हुन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपशमी साहित्य साधना सम्मान घोषणा
बैशाख ७, २०८१ शुक्रबार
आरभको एकल चित्रकला प्रदर्शन
चैत २५, २०८० आइतबार
साहित्य एवं कथाकार परशु प्रधानको निधन
चैत ६, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार