३ कार्तिक २०७८, बुधबार

पुनःनिर्माण प्राधिकरणको सार्वजनिक सुनुवाइ सम्पन्न

प्रकाशित मिति :  १९ फाल्गुन २०७५, आईतवार ०७:५८


मेलम्ची । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले चैत पहिलो साताभित्र १४ वटै जिल्लाका भूकम्प प्रभावितको गुनासो सम्बोधन हुने बताए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ सिन्धुपाल्चोकले मेलम्चीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले यस्तो बताए । विविध कारणले गुनासो सम्बोधनमा ढिलाइ भएको स्वीकार्दै प्राधिकरणको पहिलो प्राथमिकता नै जनताको घर बनाउनु रहेको बताए ।

पहिलो किस्ता लिएर घर बनाउन नसक्नेका लागि तीन लाखको सहुलियतपूर्ण ऋण प्रदान गर्न कार्यविधिसमेत तयार भैइसकेको जानकारी दिए । कार्यक्रममा मेलम्ची नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत देवीप्रसाद थपलियाले नगरपालिकाभित्र १३ हजार ३६४ भूकम्प प्रभावित लाभग्राही रहेका र हालसम्म ८१० जनाको गुनासो सम्बोधन भएको बताए । नगरपालिकाभित्र अझै पनि ९१५ जनाको गुनासो सम्बोधन बाँकी रहेकासमेत जानकारी दिए ।

कार्यक्रममा लाभग्राही सूचीमा नाम नपरेका भूकम्प प्रभावित स्थानीयको जिज्ञासालाई एकमुष्ट रुपमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्बोधन गरेका थिए । कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ सिन्धुपाल्चोकका प्रमुख सन्तोष निरौलाको पनि उपस्थिति रहेको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा





चीनबाट रासायनिक मल आउन सुरु
नेपालबहस संवाददाता


आजबाट दशैं विसर्जन
नेपालबहस संवाददाता