सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य गुलाबजंग शाह नियुक्त भएका हुन् ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले शाहलाई प्रमुख सचेतकमा नियुक्ति गरेको हो । दलको सचेतकमा प्रदेशसभा सदस्य सीता नेपालीलाई नियुक्ति दिइएको दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले बताए ।
प्रमुख सचेतक शाह नियुक्त शाह वनगाड कुपिण्डे नगरपालिका– ६ सल्यान निवासी हुन्छ । उनी विसं २०७४ को प्रदेशसभाको चुनावमा सल्यान जिल्लाको प्रदेश ‘क’ बाट निर्वाचित भएका थिए ।
सचेतकमा नियुक्त प्रदेशसभा सदस्य नेपाली लेकबेँसी नगरपालिका सुर्खेत निवासी छन् । उनी सुर्खेत निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । प्रमुख सचेतक र सचेतक दुवैलाई नेकपा संसदीय दलको बसेको बैठकले चयन गरेको हो ।