८ कार्तिक २०७८, सोमबार
समाज

वरिष्ठ पत्रकार गौतमको निधन

प्रकाशित मिति :  १९ फाल्गुन २०७५, आईतवार ०८:५५


काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका केन्द्रीय पार्षद, वरिष्ठ पत्रकार तथा रहस्य साप्ताहिकका सम्पादक मुरारीप्रसाद गौतमको निधन भएको छ ।

उनको गएराती ग्राण्डी अस्पतालमा निधन भएको हो । उनलाई मुटु सम्बन्धी रोगले चापेपछि ३ दिनदेखि ग्राण्डी हस्पिटलमा भर्ना गरिएको थियो । गौतमको आज बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

शोकको घडीमा गौतमका परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनी भगवान पशुपतिनाथसँग प्रार्थना गर्दछौं । दिवङत आत्माको चिरशान्तिको कामना गर्दै नेपाल बहसडटकम परिवार भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा