१६ चैत्र २०७९, बिहीबार

भरतमोहन अधिकारीको निधनको शोकमा पार्टीको झण्डा आधा झुकाउने

प्रकाशित मिति :  १९ फाल्गुन २०७५, आईतवार १०:५७


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ ले आफ्ना नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधनको शोकमा पार्टीको झण्डा आधा झुकाउने भएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आइतबार बिहान बोलाएर बसेको सचिवालय बैठकले अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित हो ।

सचिवालय बैठकले देशभरका सबै पार्टी कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय समेत गरेको गरेको नेकपाका एक नेताले बताए । आजदेखि तीनदिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने र फागुन २३ गते काठमाण्डौको भृकुटीमण्डपमा पार्टी केन्द्रको आयोजनामा श्रद्धाञ्जली सभा गर्ने निर्णय पनि बैठकले गरेको छ । नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेट जाँदा ह्याम्स अस्पताल काठमाडौंमा निधन भएको हो ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा