३ कार्तिक २०७८, बुधबार
स्वास्थ्य

स्वास्थ्य संस्थामा ‘डिपो’ र कण्डमको अभाव

प्रकाशित मिति :  १९ फाल्गुन २०७५, आईतवार ११:०८


सिरहा । सिरहाको सुखीपुर नगरपालिकाका स्वास्थ्य संस्थामा ‘डिपो’ र कण्डमको अभाव भएको छ । स्वास्थ्य संस्थामा महिलाले महिलाको परिवार नियोजन अस्थायी साधन ‘डिपो’ र पुरुषले प्रयोग गर्ने कण्डमको अभाव भएको हो । ती साधनहरु स्वास्थ्य संस्थाबाट निःशुल्क रूपमा उपलब्ध हुन्छन् ।

कण्डम, पिल्सजस्ता अरू पनि अस्थायी साधन भए पनि परिवार नियोजनका लागि अधिकांश दम्पतीले डिपोको प्रयोग गर्दै आएका छन् ।सुखीपुर क्षेत्रमा हरेक तीन महीनामा एक हजार २०५ महिलाले डिपो र प्रतिमहीना २०० भन्दा बढी पुरुषले कण्डम प्रयोग गर्दै आएको स्वास्थ्य चौकी सुखीपुरले जनाएको छ ।

अस्थायी साधन अभाव हुँदा अनिच्छित गर्भधारणको जोखिम बढेको स्थानीयको गुनासो छ । एक महीनाअघि नै डिपो सकिएपछि आफूले नआएसम्मका लागि पसलबाटै खरीद गरेर कण्डम प्रयोग गर्न सल्लाह दिएको स्वास्थ्य चौकी सुखीपुरका प्रमुख भुपेश रतन यादवले बताए ।

डिपो र कण्डम खरीद गरी आपूर्ति गर्न स्थानीय सरकारलाई आग्रह गरेको र छिट्टै आपूर्ति गर्ने प्रतिबद्धता आएको प्रमुख यादवको भनाइ छ ।नवविवाहिता बाहेकका अधिकांश महिलाले कण्डम र चक्कीको साटो डिपो खोप लगाउने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । एक पटक लगाए तीन महीना ढुक्क हुने भएकाले पछिल्ला दिनमा धेरै दम्पतीको रोजाइ डिपो हुने गरेको छ । रासस


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








चीनबाट रासायनिक मल आउन सुरु
नेपालबहस संवाददाता