६ कार्तिक २०७८, शनिबार

फेवातालमा खसेका प्याराग्लाइडरको मृत्यु

प्रकाशित मिति :  १९ फाल्गुन २०७५, आईतवार १२:४०


पोखरा । पोखराको फेवातालमा खसेको प्याराग्लाइडर रोमानियाका नागरिक इडिई केजीको मृत्यु भएको छ । आइतबार बिहान पोखराको फेवातालमा खसेको प्याराग्लाइडिङमा रहेका प्याराग्लाइडर रोमानियाका नागरिकको मृत्यु भएको हो।

अस्पताल आइपुग्नु अगावै ४० वर्षीय केजीको मृत्यु भएको अस्पतालको आइसियु विभागमा कार्यरत डा गोविन्दराज पाण्डेले बताए । फेवातालको मध्यभागमा खसेको १० मिनेटमा नै उनलाई उद्धार गरी पोखराको मेट्रोसिटी अस्पताल लगिएको थियो । साराङकोटबाट उडेको प्याराग्लाइडिङ ल्यान्डिङ गर्न नसकेर फेवातालमा खसेको थियो। तालको मध्यभागमा खसेको प्याराग्लाडिङको उद्धारका लागि ५ वटा डुंगा पुगेका थिए।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा