जनकपुर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी खरिद प्रकरणबारे आफु अनविज्ञ भएको बताएका छन् । नेपाल प्रेस यूनियन धनुषा शाखाले आइतबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनको क्रममा सभापति देउवाले आफू प्रधानमन्त्री छउञ्जेल के के भयो भन्ने आफूलाई थाहा नभएको बताए । सभापति देउवाले अहिले आफूलाई बाइडबडी प्रकरणमा मुछिएको भन्दै वाइडबडी प्रकरणबारे छिट्टै नै केहि कुराहरु सार्वजनिक गर्ने पनि बताएका छन् ।