८ कार्तिक २०७८, सोमबार
शिक्षा

आन्दोलनरत राहत शिक्षकहरु र प्रहरीबीच झडप, केही प्रदर्शनकारी घाइते

प्रकाशित मिति :  १९ फाल्गुन २०७५, आईतवार १६:५१


काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनरत राहत शिक्षक र प्रहरीबीच झडप भएको छ । आइतबार काठमाडौको नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न खोजेपछि शिक्षक र प्रहरीबीच झडप भएको हो । संघिय शिक्षा ऐनमा सम्पूर्ण राहत शिक्षकहरुको पेशागत सुनिश्चितताका लागि नीतिगत व्यवस्था गर्नुपर्ने माग गर्दे नेपाल राहत शिक्षक केन्द्रिय समितिको आह्वानमा काठमाडौको माईतिघरदेखि नयाँ बानेश्ववरसम्म विरोध प्रदर्शनसहित र्यालीकाे आयोजना गरिएको थियो ।

र्याली नयाँ बानेश्ववर पुगेपछि प्रहरीले निषेधित क्षेत्रभित्र जान रोक लगाएको थियो । प्रर्दशनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । त्यसपछि प्रदर्शनकारीले प्रदर्शनलाई जारी राखेपछि प्रहरीले पानीको फोहरा प्रयोग गरेको थियो । झडपमा परि केही प्रदर्शनकारी घाइते भएका छन् ।

राहत शिक्षकहरुको स्थायित्वका लागि संघीय शिक्षा ऐनमा स्पष्ट प्रावधान राखिनु पर्ने, शिक्षक सेवा आयोगका परीक्षाहरुमा राहत शिक्षकहरूलाई उमेरको हद लगाउन नहुने लगाएतका माग राख्दै राहत शिक्षकहरु आन्दोलित भएका हुन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा