प्रकाश डोटेल
स्याङ्जा । वालिङ नगरपालिकाले नगरभित्र पर्ने सिद्धार्थ राजमार्ग र नगरका अन्य ग्रामीण सडकलाई चौडा बनाउन शुरु गरेको छ । नगरपालिकाले आफ्नो सिमानाभित्र पर्ने सिद्धार्थ राजमार्गको झण्डै १२ किलोमिटर सडकको कुनापट्टिको भित्तो काट्ने कार्यको थालनी गरेको हो । नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा सडक विभागको डोजरको सहायता, नगरपालिकाको इन्धन र अन्य टिपरको प्रयोग गरी सिद्धार्थ राजमार्गको छेउपट्टिको भाग करिब १२ किलोमिटर चौडा गरिसकेको छ ।
झण्डै ८२ करोडको लागतमा ‘डेडिकेटेड टु लेन’ को सडक तथा सडकको किनारामा पैदलयात्रीका लागि फुटपाथ निर्माण गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरेर पेश गरिएको नगर उपप्रमुख कल्पना तिवारीले जानकारी दिईन् । अघिल्लो वर्ष प्रतिवेदन बनाएर चालु वर्षमा काम गर्न लागेको उनको भनाई थियो ।
‘स्मार्ट सिटी’ निर्माणका लागि आवश्यक पर्ने चार वटा स्तम्भमध्येको एउटा स्तम्भका रूपमा ‘स्मार्ट इन्फ्रास्ट्रक्चर’ लाई लिएका छौं । जसभित्र ‘फिजिकल इन्फ्रास्ट्रक्चर’ भित्र सडक राखेका छौं ।” नगरप्रमुख दिलीपप्रताप खाँणले भने, “मापदण्ड अनुसारका सडक निर्माण गर्न र नगरभित्र रहेका सडकलाई चौडा बनाउन थालेका हौं ।”
झण्डै ८२ करोडको लागतमा ‘डेडिकेटेड टु लेन’ को सडक तथा सडकको किनारामा पैदलयात्रीका लागि फुटपाथ निर्माण गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरेर पेश गरिएको नगर उपप्रमुख कल्पना तिवारीले जानकारी दिईन् । अघिल्लो वर्ष प्रतिवेदन बनाएर चालु वर्षमा काम गर्न लागेको उनको भनाई थियो ।
“वालिङमा नगर क्षेत्रमा दिनप्रति दिन सवारी साधन र मानिसको चाप बढ्दो क्रममा छ ।” उनले भनिन्, “दुर्घटना न्यूनीकरणका लागि सजगता अपनाउँदै ‘स्मार्ट सिटी’ को अवधारणाका कारणले पनि सडक चौडा गर्ने कार्यलाई प्राथमिकतासाथ अगाडि बढाएका छौं ।” राजमार्ग चौडा गर्ने कार्य चालु आर्थिक वर्षमै सकिने उनले बताईन् ।
एउटा डोजरको सहयोगमा शुरु गरेको कार्यलाई केही दिनमै डोजरहरु थपेर सडक विस्तार कार्यलाई समयभित्रै सक्ने लक्ष्य नगरपालिकाले लिएको छ । नगरभित्र पर्ने सिद्धार्थ राजमार्गका घुम्ती तथा साँघुरो भएका सडकलाई विस्तार गर्ने तथा नगरभित्रका विभिन्न सहायक सडकलाई पनि मापदण्डअनुसार निर्माण गर्ने प्रयास गरिएको नगर प्रवक्ता केदार काफ्ले बताए । सडक निर्माण सम्पन्न भइसकेपछि दुर्घटना न्यूनीकरण गर्न आवश्यक नियम कार्यान्वयनमा ल्याईने उनले बताए ।