प्रशासकीय अधिकृत कैलाशविरुद्ध मुद्दा
इन्द्र रिजाल
फागुन १९, २०७५ सोमबार ०:३३:४६
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातँछे श्रेष्ठ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । लेनदेनसम्बन्धी उजुरी मिलाइदिने भनी सेवाग्राहीसँग श्रेष्ठले रु २५ हजार घुस माग गरेको आरोप लागेको छ । आयोगले बिगो बमोजिम जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।
यस्तै आयोगले आजै नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पर्सा, छिपहरमाईका प्रधानाध्यापक प्रभु गिरी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंक लिमिटेड, श्रीपुर शाखा वीरगञ्जबाट कृषि ऋण मिलाइदिने बहानामा प्रअ गिरीले एक सेवाग्राहीसँग पहिलो चरणमा रु १२ हजार घुस मागेको अभियोग लागेको छ ।
कृषि कर्जा लिनका लागि बैंकका कर्मचारीलाई मिलाउनुपर्छ भन्दै अब्बास मिया र गिरीले समेत रकम लिने गरेको आयोगको अनुसन्धानबाट खुलेको छ । मिया रेडक्रस प्राथमिक विद्यालय मुडली फूलवरियामा प्रधानाध्यापक हुन् । उनीहरुले स्थानीयवासीलाई कृषि ऋणको लोभमा घुस लिने गरेको आयोगको आरोप छ । आयोगले मियालाई भने रु ५२ हजार बराबरको बिगो गरेको जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार