शनिबार , जेठ १, २०७८

कौशल्टारमा भीषण आगलागी, छ करोड बराबरको क्षति

कौशल्टारमा भीषण आगलागी, छ करोड बराबरको क्षति

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आएका श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ । गए राति ११ बजे लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

भक्तपुर जिल्लाकै ठूलो फर्निचर उद्योगको रुपमा रहेको श्रेष्ठ फर्निचर उद्योगमा रहेका स्वदेशी तथा विदेशी फर्निचर, मेशिन, फर्निचरमा प्रयोग हुने कच्चा पदार्थ लगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु छ करोड बराबरको क्षति भएको छ । प्रहरी उपरीक्षक श्रेष्ठले आगलागीबाट उद्योगमा रहेका सम्पूर्ण तयारी फर्निचर, मेशिन तथा कच्चा पदार्थ जलेर नष्ट भएको बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आगलागीबाट फर्निचर कारखानासँगै, शो रुम, गोदाम घर, फर्निचर निर्माणस्थल, कच्चा पदार्थ राखिएको स्थल, फर्निचरमा प्रयोग हुने काठ, सोफामा प्रयोग हुने कपडा जलेका छन् । साथै श्रेष्ठको आफ्नै घरमा समेत क्षति पुगेको उनले जानकारी दिए । सँगै रहेको दुर्गा श्रेष्ठको घरमा सञ्चालनमा रहेको मङ्गल श्रेष्ठको आइसक्रिम फ्याक्ट्री, प्रदीप सिलवालको घरमा केही क्षतिसमेत भएको छ ।

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार भक्तपुर बारुणयन्त्र, ललितपुर, काठमाडौँ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका गरी छ वटा दमकल, स्थानीय बासिन्दालगायतको सातवटा पानी ट्याङरको सहयोगमा आज बिहान ४ बजे आगो नियन्त्रणमा आएको हो ।

उद्योगका सञ्चालक राजु श्रेष्ठले आगलागीबाट सम्पूर्ण सामान नष्ट भएको, आफ्नै घरमा समेत क्षति पुगेको बताए ।आगलागीबाट रु छ करोडभन्दा बढीको क्षति पुगेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

निषेधाज्ञामा सहज सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ? निषेधाज्ञामा सहज सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ? ७ घण्टा पहिले
नेपालमा उपचारको अभावमा धेरै संक्रमितको मृत्यु नेपालमा उपचारको अभावमा धेरै संक्रमितको मृत्यु १६ घण्टा पहिले
नयाँ सरकार कोभिडविरुद्ध सक्रिय हाेला त ? नयाँ सरकार कोभिडविरुद्ध सक्रिय हाेला त ? ९ घण्टा पहिले
काभ्रेपलाञ्चोकमा दैनिक डेढसय संक्रमित हुन थाले काभ्रेपलाञ्चोकमा दैनिक डेढसय संक्रमित हुन थाले ९ घण्टा पहिले
ज्यानमारा भाइरसबाट थप १८७ जनाको मृत्यु, ८१६७ संक्रमित ज्यानमारा भाइरसबाट थप १८७ जनाको मृत्यु, ८१६७ संक्रमित ५ घण्टा पहिले
ओली जनस्वास्थ्य विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफलमा ओली जनस्वास्थ्य विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफलमा ७ घण्टा पहिले
हेमन्तको कार्यक्रम सारंगीसँग पहिलो भाग यूटुबमा हेमन्तको कार्यक्रम सारंगीसँग पहिलो भाग यूटुबमा ८ घण्टा पहिले
द्रुतमार्गको दुवै प्याकेजका सुरुङ निर्माण सम्झौता द्रुतमार्गको दुवै प्याकेजका सुरुङ निर्माण सम्झौता २ घण्टा पहिले
लोकबाजा संरक्षणको अभियानमा पाल्पाली युवा लोकबाजा संरक्षणको अभियानमा पाल्पाली युवा ६ दिन पहिले
उपत्यकामा निषेधाज्ञा तोडेको आरोपमा ९ हजार जना कारवाहीमा उपत्यकामा निषेधाज्ञा तोडेको आरोपमा ९ हजार जना कारवाहीमा १ दिन पहिले
हिमालयसँग मर्जर सम्झौता गरेको नेपाल इन्भेष्टमेन्ट बैंकसहित सात कम्पनीको उच्च शेयर माग, कुनको कति ? हिमालयसँग मर्जर सम्झौता गरेको नेपाल इन्भेष्टमेन्ट बैंकसहित सात कम्पनीको उच्च शेयर माग, कुनको कति ? २ दिन पहिले
ओली जनस्वास्थ्य विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफलमा ओली जनस्वास्थ्य विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफलमा ७ घण्टा पहिले
रू रू जलविद्युतको सर्किट लेबलमा कारोबार, प्रतिशेयरमूल्य कति ? रू रू जलविद्युतको सर्किट लेबलमा कारोबार, प्रतिशेयरमूल्य कति ? ६ दिन पहिले
कञ्चनपुरमा कोरोनाबाट थप ११ जनाको मृत्यु कञ्चनपुरमा कोरोनाबाट थप ११ जनाको मृत्यु ४ दिन पहिले
महामारीमा विद्युतीय कारोवार गर्न बैंकर्स संघको आग्रह महामारीमा विद्युतीय कारोवार गर्न बैंकर्स संघको आग्रह २ दिन पहिले
सरकारको ध्यान अब संक्रमितको उपचार, रोकथाम र नियन्त्रणमा केन्द्रित: पोखरेल सरकारको ध्यान अब संक्रमितको उपचार, रोकथाम र नियन्त्रणमा केन्द्रित: पोखरेल १ दिन पहिले