सबै वडामा इन्टरनेट जडान भएपछि सेवाग्राहीलाई सहज
इन्द्र रिजाल
फागुन २०, २०७५ सोमबार १८:५७:३७
गङ्गराज पण्डित
बाजुरा । जिल्लाको बडिमालिका नगरपालिकाका नौ वटै वडाबाट प्रविधिमैत्री सेवा सहितको कामकाज शुरु भएको छ । सेवाग्राहीलाई प्रविधिमैत्री र छिटोछरितो सार्वजनिक सेवा प्रदान गर्नका लागि जिल्लामै पहिलोपटक बडिमालिका नगरपालिकाले प्रत्येक वडामा इन्टरनेट सुविधा जडान गरेको नगर प्रमुख पदम बडूवालले बताए ।
कम्प्युटरमा सफ्टवेयरको प्रयोगका लागि इन्टरनेट सुविधा आवश्यक भएको र समयानुकूल सार्वजनिक सेवा छिटोछरितो र सहज किसिमले प्रदान गर्नुपर्ने हुँदा विशेष महत्वका साथ इन्टरनेट जडान गरिएको प्रमुख बडूवालले जानकारी दिए। ई–बडिमालिका नगरपालिका सहितको नारा लिएर इन्टरनेट जडानको योजनालाई पहिलो प्राथमिकतामा राखिएको नगरपालिकाका उप प्रमुख कविता विष्टले बताए ।
“सबै वडामा कम्प्युटरको माध्यमबाट कामकाज सञ्चालन गर्ने बडिमालिका जिल्लामै पहिलो नागरपालिका भएको छ”, बडिमालिका नगरपालिकाका प्रशासकीय अधिकृृत हीरालाल भण्डारीले बताए ।
“चिठीपत्र बोकेर पु¥याउनुपर्ने, लिखित कागजात बोकेर आदानप्रदान गर्नुपर्ने र सेवाग्राहीलाई पनि केही सच्याउनुपर्ने समस्या भए केही दिन कुर्नुपर्ने अवस्था थियो तर प्रविधिमैत्री वडा कार्यालय बनाएसँगै यी सबै समस्या समाधान भएको छ”, सो नगरपालिका–२ का वडाध्यक्ष डम्मर महतले बताए ।
सेवाग्राहीलाई छिटोछरितो, सहज र पारदर्शी सेवा प्रवाहका लागि नगरपालिकाले प्रविधिमैत्री वडा निर्माणमा विशेष महत्व दिएको नगरपालिकाका सूचना अधिकृत हेमबहादुर थापाले बताए । इमेल इन्टरनेट सञ्चालन गर्नका लागि मात्रै होइन, जन्मदर्ता, सामाजिक सुरक्षा भत्ताको लगत संकलन, विभिन्न तथ्याङ्क दाखिला गर्नदेखि वडाबाट प्रदान गरिने विभिन्न सेवा सुविधा प्रदान गर्नका लागि इन्टरनेट सुविधा जडान गरिएको छ ।
यसले सेवाग्राही र कर्मचारी दुबैलाई सहज भएको बडिमालिका नगरपालिका– १ का वडा सचिव मदन दानीको भनाइ छ । प्रत्येक वडा कार्यालयमा मात्र नभइ नगरपालिकाभित्रका विद्यालय, स्वास्थ्य संस्था लगायतका क्षेत्रमा पनि इन्टनेटको सुविधा जडान गर्ने नगरपालिकाको लक्ष्य छ ।
इन्टरनेटको माध्यमबाटै नियमन र निगरानी समेत नगरपालिकाबाटै गर्न सक्ने गरी आवश्यक तयारी गरिएको नगर प्रमुख पदम बडूवालले बताए ।
प्रविधि जडान प्रक्रिया खर्चिलो भए पनि सार्वजनिक सेवा सहज र प्रभावकारी रुपमा प्रवाह गर्नका लागि सबै वडा कार्यालयमा इन्टरनेट सेवा जडान गरिएको छ ।
यसकै माध्यमबाट विद्युतीय हाजिरीदेखि कर्मचारी आएको नआएको, समयमा सेवा प्रवाह गरेको नगरेको, सेवाग्राहीसँग कर्मचारीको व्यवहार राम्रो गरेको नगरेको तथा विद्यालयमा पढाइ भए नभएकोजस्ता कार्यको निगरानी गर्नका लागि नगरपालिकाले यो अवधारणा अघि सारेको प्रमुख बडूवालले बताए ।
नगरपालिकाभित्रका सबै काम पेपरलेस र डिजिटलाइजेशन गर्ने लक्ष्यअनुसार वडामा ई– सूचना प्रणाली समेत जडान गर्ने कार्यलाई अगाडि बढाएको छ । अहिलेको प्रविधिको युगमा जुनसुकै काम गर्दा पनि इन्टरनेट सेवा आवश्यक हुने गरेको छ ।
इन्टरनेट जडानसँगै सदरमुकाम मार्तडी आएर बस्ने, नगरकार्यालयमै कामकाज गर्ने वडा कर्मचारी र वडाध्यक्ष पनि वडा कार्यालयमै बस्न थालेका छन् । विश्व दुनियाँसँग साक्षात्कार हुन इन्टरनेटले सुविधा दिएपछि मार्तडी आउन आवश्यक नरहेको वडा नं ५ का वडाध्यक्ष बलबहादुर थापाले बताए।
प्रविधिले कामलाई मात्र छिटो र सहज बनाएको छैन्, सेवाग्राहीको आवातजावतमा लाग्ने खर्चमा समेत कमी ल्याएको छ भने आवश्यक ज्ञान सीप सिक्नमा समेत अवसर दिने गरेको जनप्रतिनिधिको भनाइ छ । नगरपालिकाभित्र रहेका १, ७, ५ र ६ नं वडा बढी दुर्गममा पर्दछन् । सेवा जडानपछि टाढाका वडा कार्यालयमा पनि सदरमुकाम भित्रकै जस्तो अनुभूति हुने गरेको कर्मचारीको भनाइ छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपटेलिफोन अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित
चैत २७, २०८० मंगलबार
नेपाल टेलिकमले विमानस्थलमा निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने
फागुन ११, २०८० शुक्रबार
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
पुष २४, २०८० मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार