१३ चैत्र २०७९, सोमबार
खेलकुद

सन्दीपको टिम लाहोरको खेल भोली, कस्तो रहला सन्दीपको प्रदर्शन ?

प्रकाशित मिति :  २० फाल्गुन २०७५, सोमबार १४:२५


काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम लाहोर क्यालेण्डर्सले पाकिस्तान सुपर लिग ‘पीएसएल’ क्रिकेटको आठौं खेलमा भोली ‘मंगलबार’ पेशावर जाल्मीसंग प्रतिस्पर्धा गर्दैछ ।

दुबईको अबुधाबीमा हुने लाहोर र पेशावरबीचको खेल नेपाली समय अनुसार बेलुका ५:१५ मा सुरु हुनेछ । र, दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

७ खेलमा ५ जित हात परेको पेशावर १० अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । ७ खेलमा ३ जित हात पारेको लाहोर ६ अंक सहित चौथो स्थानमा रहेको छ । प्ले अफमा स्थान बनाउन लाहोरलाई पेशावरविरुद्ध जित अत्यावश्यक रहेको छ ।

पेशावरविरुद्ध सन्दीप प्लेईङ सेटमा पर्ने पक्का जस्तै छ । पीएसएलमा खेलेका सबै खेलमा सन्दीपले किफायती बलिङ गरेका छन् । सुरुवाती ३ खेल गुमाएका सन्दीपले पछिल्लो ४ खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले पीएसएलमा ४ खेल खेल्दै १० विकेट हात पारीसकेका छन् ।

सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचीको चौथो स्थानमा रहेका छन् । सन्दीप पीएसएलमा सबै भन्दा कम इकोनमी भएका बलर समेत हुन् ।

हेड टु हेड:

पछिल्लो ५ खेलमा लाहोरविरुद्ध पेशावर हाबी देखिन्छ । सन् २०१६ देखि लाहोरले पेशावरविरुद्ध कुनै जित निकाल्न सकेको छैन । पछिल्लो पाँच खेलमा लाहोरले पेशावरलाई हराउन सकेको छैन ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा