१६ मंसिर २०७८, बिहीबार
समाज

दाउराको धुवाबाट मुक्त भए बिपन्न बस्तीका २७ घर परिवार

प्रकाशित मिति :  २० फाल्गुन २०७५, सोमबार १४:५३


धरान । हिमालय माउन्टेन ईन्ट्रीचिउट स्टोप प्रा. लि र माथिल्लो अरुण उपत्यका बिकास सरक्षण समितिको सहयोगमा धरानमा विपन्न बर्गलाई आधुनिक चुल्हो बितरण गरिएको छ । उपमहानगरपालिका वडा न ६ मार्ग चोउरी शान्ति टोलका बिपन्न बस्तीका २७ घर परिवारलाई आधुनिक चुल्हो वितरण गरिएको संस्थाका सदस्य मिङ्मा भोटेले बताइन् ।

खाना पकाउदा दाउराको प्रयोगबाट धुँवाको समस्या हुने हुँदा यसबाट मुक्त गराउने उद्देश्यले चुल्हाको वितरण गरिएको संस्थाले बताएको छ । वडाध्यक्ष भुबनसिंह बस्नेतको अध्यक्षतामा सम्पन्न सुबिधा सम्पन्न चुलो वितरण कार्यक्रममा नेकपा नेता मुक्साहाङ मेन्याङ्बो प्रमुख आतिथि रहेका थिए, भने नेकपा नेता आईन्द्रबिक्रम बेघा, चोत्लुङ , रमेश बस्नेत , महिला शक्ति समाज अध्यक्ष अन्जना राई लगायतको सहभागिता रहेको थियो ।

अमेरीकामा निर्माण गरि चाइनामा फिटिङ गरिएको आधुनिक चुल्हाको लागत प्रति एक थान बराबर १५ हजार रुपैयाँ पर्ने जनाइएको छ । उक्त चुलोको उपयोगिताले बन जङ्गल जोगाउनका निमित्त यो चुलो पहिलाको तुलनामा ७०५दाउरा कम लाग्ने उपयुक्त भरपर्दो र वायु प्रदुषणलाई कम गर्ने चुलो धराने जनतामा चुलोको माग र चुलो प्रती आकर्षण बढेमा फेरि सहयोगी सस्थालाई पहल गरि बितरन गरिने प्रमुख अतिथी नेकपाका नेता मुक्साहङ्ले बताए । उक्त चुलो वडा न १५ का गरिब बिपन्न बर्गका २० घर परिवारलाई बुधबार बितरन गरिने कार्यक्रम सहजीकरणकर्ता भोटेले बताए।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा