३ कार्तिक २०७८, बुधबार
समाज

आजबाट प्रि-मनसुन सुरु, पहाडी क्षेत्रको मौसम लगातार प्रभावित 

प्रकाशित मिति :  २१ फाल्गुन २०७५, मंगलवार १०:२४


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारबाट यस वर्षको प्रि-मनसुन सुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि-मनसुन चल्ने भएकाले देशका पहाडी क्षेत्रको मौसम लगातार प्रभावित भइरहने विभागले जनाएको छ ।

मौसमविद्का अनुसार प्रि-मनसुन सुरु भइसकेकाले देशका पहाडी भेगको मौसम प्रभावित बनिरहन्छ । प्रि-मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराहृन तथा साँझ फाट्टफुट्ट वर्षा हो ।

पहाडी भेगमा प्रि-मनसुनको प्रभाव देखिए पनि अन्य भूभागमा भने त्यसको असर नपर्ने भएको छ । नयाँ प्रणाली विकास नभइसकेकाले पहाडीबाहेकका क्षेत्रमा भने तत्काल वर्षाको सम्भावना नरहेको बताइएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा






चीनबाट रासायनिक मल आउन सुरु
नेपालबहस संवाददाता


आजबाट दशैं विसर्जन
नेपालबहस संवाददाता