१९ मंसिर २०७८, आईतवार
बैंकिङ बजार

उच्च मुनाफा कमाएको एनएमबी बैंकको तीन अर्बको ऋणपत्र, दश प्रतिशत ब्याजदर,अर्धबार्षिक भुक्तानी

प्रकाशित मिति :  २१ फाल्गुन २०७५, मंगलवार १६:४८


काठमाडौं । स्थापनाकालदेखि नै उच्च मुनाफा र बोनस वितरण गरि आफुलाई समकालिन बैंकहरुमध्ये उत्कृष्ट दर्जामा उभ्याउन सफल एनएमबी बैंकले आगामी फागुन ३० गतेदेखि एक हजार रुपैयाँ अंकित दरको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेकोे छ ।

उक्त ऋणपत्र छिटोमा चैत्र ४ गतेभित्र र ढिलोमा चैत्र १४ गतेभित्र खरिद गरिसक्नु पर्नेछ । दश वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक दश प्रतिशत ब्याज दिनेछ तर ब्याज भने अर्धवार्षिक रुपमा भुक्तानी गर्नेेछ । तपाईसँग पनि मनग्य पैसा छ तर लगानी कहाँ गर्ने भन्ने द्धिविधामा हुनुहुन्छ भने आजै एनएमबी बैंकले जारी गर्न लागेको ऋणपत्रमा ढुक्कले लगानी गर्दा हुन्छ ।

निक्षेप संकलन तथा ऋण लगानीको अनुपात बढ्दै गएपछि बैंकहरुलाई पूँजीकोष अनुपात वृद्धि गर्न दबाब पर्दै आएको छ । बैंकहरु खारेजीमा जाने अवस्था आएमा सबैभन्दा पहिले ऋणपत्रधनीहरुलाई रकम भुक्तानी गर्नुपर्ने व्यवस्थाले ऋणपत्रको लगानी सबैभन्दा सुरक्षित मानिन्छ । बैंकहरुले दीर्घकालिन वित्तीय सुरक्षाको लागि ऋणपत्रलाई पछिल्लो समय उपयुक्त औजारको रुपमा प्रयोग गर्ने गरेका छन् ।

 कूल निष्काशित ३० लाख कित्तामध्ये ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता अर्थात एक अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि छुट्टाएको छ भने बाँकी रहेको १८ लाख कित्ता अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्टका लागि रहेकोे बैंकले जनाएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि १२ लाख कित्ता अर्थात एक अर्ब २० करोड रुपैयाँसम्म आवेदन गर्न सक्नेछन् ।

’एनएमबी ऋणपत्र २०८५’ को निश्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्रमा सी आश्वा प्रणालीमाफर्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था आवेदन गर्न सकिनेछ । समृद्ध नेपालको लक्ष्य लिएको यो बैंकले ऋणपत्र निष्कासनका लागि गरेको क्रेडिट रेटिङ्ग अनुसार न्युन जोखिम जनाउने अर्थात प्रर्याप्त सुरक्षा सूचक रहेको ’इक्रा एनपी एलए माइनस’ प्राप्त गरेको छ । जसले बैंकको बित्तीय सुचांङक अत्यन्त राम्रो रहेको जनाउदँछ । बैंकको ऋणपत्र १० वर्षपछि परिपक्व हुनेछ ।

 

बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको अभावलाई समाधान गर्न बैंकहरुले ऋणपत्रको निष्काशनलाई जोड दिन थालेका छन् । निक्षेप संकलन तथा ऋण लगानीको अनुपात बढ्दै गएपछि बैंकहरुलाई पूँजीकोष अनुपात वृद्धि गर्न दबाब पर्दै आएको छ । बैंकहरु खारेजीमा जाने अवस्था आएमा सबैभन्दा पहिले ऋणपत्रधनीहरुलाई रकम भुक्तानी गर्नुपर्ने व्यवस्थाले ऋणपत्रको लगानी सबैभन्दा सुरक्षित मानिन्छ । बैंकहरुले दीर्घकालिन वित्तीय सुरक्षाको लागि ऋणपत्रलाई पछिल्लो समय उपयुक्त औजारको रुपमा प्रयोग गर्ने गरेका छन् ।

विदेशबाट ऋण ल्याएर कर्जा लगानी गरिरहेको एनएमबी बैंकले पूँजीकोष बलियो बनाउने उद्देश्यले ऋणपत्रलाई प्राथमिकता दिएको देखिन्छ । एनएमबी बैंकले यसअघि पनि ५० करोडको ऋणपत्र जारी गरिसकेको छ । नेपाल धितोपत्र बोर्डबाट बैंकले फागुन १४ गते दोस्रो पटक निष्काशन गर्न लागेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्काशनको अनुमति पाएको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा