क्लिन्टनले २०२०मा उम्मेदवारी नदिने
काठमाडौं । चीन–अमेरिका आर्थिक व्यापार वार्तामा पालना गर्नुपर्ने सिद्धान्त नै एक–अर्काको सम्मानमा समान तथा हितका लागि आवश्यक भएको चीनका वाणिज्य मन्त्री चुङ शानले मङ्गलबार बताएका छन् । उनले सहकार्यबाटनै अगाडि बढ्न सकिने उल्लेख गरेका छन् ।
दुवै पक्षका कार्य टोली बीच व्यापारविवादलाई समाधान गर्न र समान व्यापार सम्झौताका लागि छलफल चलिरहेको र आपसी सम्झौताको लागि दुवै पक्षले एउटै दिशातिर अघि बढ्नु आवश्यक रहेको उनको भनाई छ ।
वाणिज्य मन्त्री शानले तेह्रौं राष्ट्रिय जन कांग्रेस दोस्रो अधिवेशनको उद्धाटन समारोहपछि ’मन्त्री च्यानल’मा उक्त भनाई राखेका हुन् ।
आपसी सम्झौता भएमा चीन र अमेरिका दुवै मुलुकलगायत विश्वको आर्थिक विकासको लागि पनि हितयुक्त हुने विश्वास पनि मन्त्री चुङले व्यक्त गरे ।
‘क्लिन्टन सन् २०२० मा राष्ट्रपतिको उम्मेदवार नबन्ने’
अमेरिकी पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनले आगामी बर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारीका लागी दावी नरहने बताएकी छिन् ।
तर निर्वाचनमा सक्रियसाथ सहकर्मीको प्रचारप्रसारमा लाग्ने उनले बताइन् ।
प्रसिद्ध अमेरिकी टेलिभिजन न्युज १२ द्वारा सोमबार प्रशारण गरिएको अन्तर्वार्तामा सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको प्रतिस्पर्धामा डोनाल्ड ट्रम्पसँग पराजित बनेकी हिलारीले भनिन्,“मैले निर्वाचनमा सक्रियताका साथ डिमोक्रेटिक पार्टीको पक्षमा प्रचारप्रसारमा लाग्नेछु ।”
पूर्व सांसद तथा प्रथम महिला क्लिन्टनले भने, हाम्रो देशमा निर्वाचनमा को उम्मेदवार हुने भन्ने सवाललाई लिएर सोधिने प्रश्नले आफूलाई साँच्चै समस्यामा पार्ने गरेको छ ।
उनले डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदका आकाङ्क्षीहरूलाई सङ्केत गर्दै उनले भने, “ट्रम्प प्रशासनबाट गर्न नसकेका वास्तविक समस्या र प्रतिवद्धता पूरा नभएका बिषयको लामो सूची छ त्यसैले कुनै कुरालाई ग्यारेन्टीसाथ नलिनुस् ।” ऐजेन्सी