६ कार्तिक २०७८, शनिबार

सेनाको रात्रिभोजमा राष्ट्रपतिसहित गन्यमान्यको भिड

प्रकाशित मिति :  २१ फाल्गुन २०७५, मंगलवार २१:१८


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका उपलक्ष्यमा आज साँझ सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित रात्रिभोज समारोहमा सरिक भएकी छिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति पनि हुन्।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल समारोहमा सहभागी थिए ।

मन्त्रिगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उद्योगी, व्यपारी, कलाकार, पत्रकार एवं समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्ति रात्रिभोजमा सहभागी थिए। नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा