१४ चैत्र २०७९, मंगलवार

महानगरलाई कर नतिरेपछि आजदेखि प्याराग्लाइडिङ उडान प्रतिबन्ध !

प्रकाशित मिति :  २२ फाल्गुन २०७५, बुधबार १३:२९


काठमाडौं । विगत चार वर्षदेखि कर नतिरेपछि पोखरा महानगरपालिकाले बुधबारदेखि प्याराग्लाइडिङ उड्न नदिने बताएको छ ।प्याराग्लाइडिङ कम्पनीले आर्थिक वर्ष २०७२/७३ देखि नै कर नतिरेपछि बन्द गर्ने प्रक्रिया अघि बढाइएको महानगरपालिकाले जानकारी दिएको हो ।

महानगरले फागुन १९ गते नवीकरण र पर्यटन शुल्क उठाउनका लागि सवन्धित बडा कार्यालयलाई पत्राचार गरेको छ । कर नतिर्दासम्म प्याराग्लाइडिङमा प्रतिबन्ध लगाइने महानगरले स्पष्ट पारेको छ ।

पोखरामा प्याराग्लाइडिङ उडाउने ५६ वटा कम्पनी भएपनि एउटा मात्रै महानगरमा दर्ता भएको छ । प्याराग्लाइडिङ कम्पनीका लागि महानगरले यो बर्ष २५ हजार रुपैयाँ शुल्क तोकेको छ ।

विगतमा ८६ हजारसम्म कर रहेपनि प्रदेश सरकारले पनि कर लिने भएपछि महानगरले करको दर घटाएको हो ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा