Advertisement

मुकेश बहादुर पाल

दार्चुला । सुदुरपश्चिम क्षेत्रीय पुरुष भलिबल प्रतियोगिताको उपाधी यस पटक बैतडीले हात पारेको छ । “आठौ खेलकुद हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा” भन्ने मुल नाराका साथ शुक्रबार देखि दार्चुलामा सुरु भएको क्षेत्रीय पुरुष भलिबल प्रतियोगिताको मंगलबार समापन गरीएको हो ।

१७ बर्ष पछि दार्चुलामा सञ्चालन भएको सुदुरपश्मिाञ्चल प्रदेश स्तरिय क्षेत्रिय पुरुष भलिबल प्रतियोगितामा क्षेत्रिय छनोटका लागी सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरुको उपस्थीती रहेको थियो ।

Advertisement

सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरुलाई पछि पार्दै यस वर्षको सुदुरपश्चिम क्षेत्रीय पुरुष भलिबल प्रतियोगिताको उपाधी बैतडीले हात पारेको छ ।

दार्चुला सदरमुकामस्थित खुलामंचमा सञ्चालन भएको सुदूरपश्चिमाञ्चल प्रदेश स्तरीय पुरुष भलिवलको फाइनल प्रतिस्पर्धामा डोटीलाई पराजित गर्दै बैतडी बिजयी भएको हो । डोटीसंगको फाइनल प्रतिस्पर्धामा बैतडी ३-२ को सेटमा बिजयी भएको छ ।

यसअघि सेमिफाइनलमा डडेल्धुरालाइ पराजित गर्दै बैतडी र बझाङलाइ पराजित गर्दै डोटीले फाइनल प्रवेश गरेका थिए । फाइनलमा सुरुका दुई सेट डोटीले जिते पनि पछिल्ला तीन सेट लगातार जित हात पार्दै बैतडी बिजयी भएको हो ।

सुदूरपश्चिमका नौ ओटै जिल्लाको सहभागिता रहेको उक्त प्रतियोगितामा डोटी द्धित्तिय तथा बझाङ र डडेल्धुरा तृत्तीय भएका छन । विजयी भए संगै सुदुरपश्चिम प्रदेश बाट बैतडिले आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने छ ।

फागुन १७ गते देखि सञ्चालन भएको सुदुरपश्चिम क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता फागुन २१ गते समापन भएको छ ।

Advertisement