काठमाडौं । सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि राजपाको आकस्मिक बैठक बसेको छ । कैलाली जिल्ला अदालतले राजपाका सांसद चौधरीलाई जन्मकैदको सजायँ सुनाएपछि राजपा नेपालको आकस्मिक बैठक बसेको हो ।
बुधबार दिउँसो चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएपछि राजपाको बैठक बसेको छ । राजपाले कैलाली जिल्ला अदालतको फैसलाको विषयमा धारणा सार्वजनिक गर्ने बुझिएको छ ।