काठमाडौं । दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता आगामी असारको ६ र ७ गते काठमाडौंमा हुने भएको छ । असारको पहिलो सातामा सञ्चालन हुने नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले पत्रकार सम्मेलन गरि जनाएको छ ।
प्रतियोगितामा ५५ केजी तौल समूह, ६० केजी तौल समूह, ६५ केजी तौल समूह, ७० केजी तौल समूह, ७५केजी तौल समूह, ८० केजी तौल समूह, ८५ केजी तौल समूह, ९० केजी तौल समूह र ९० केजी भन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै पुरुषको फिटनेस फिजिक्समा १ सय ७० सीएम र १ सय ७० सीएम उचाईमाथि तथा महिला एथलेटिक्स फिजिक्सतर्फ १ सय ६५ सीएम र १ सय ६५ सीएम उचाईमाथि पनि खेलाडीले प्रतिस्पर्धा गर्नेछन ।
प्रतियोगितामा नेपालसहित भारत, माल्दिभ्स, पाकिस्तान, भुटान, अफगानिस्तान,श्रीलंका, र बंगलादेशका खेलाडीहरुले सहभागिता जनाउने नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले बताए ।
चार दिन सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन खेलाडीहरु आउने र दर्ता गरिने आयोजकले जनाएको छ ।