१९ चैत्र २०७९, आईतवार

केन्यामा नेपालले खेल्ने प्रतियोगिता सर्यो

प्रकाशित मिति :  २२ फाल्गुन २०७५, बुधबार १६:५२


काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सहभागिता जनाउने भनिएको ‘एट नेसन ए’ टी-ट्वान्टी क्रिकेट सिरिजु प्रतियोगिता सरेको छ ।

केन्यामा मार्च अन्तिम साताबाट तय भएको प्रतियोगिता करिब ३ हप्ता सरेको हो । आयोजक केन्या क्रिकेटले प्राविधिक कारण २ देखि ३ हप्ता सरेको जनाएको छ । नयाँ मिति भने केहि दिनमा तय हुने केन्याले जनाएको छ ।

यसअघि प्रतियोगिता २२ मार्च देखि ३१ सम्म आयोजना हुने तय भएको थियो । प्रतियोगितामा ८ राष्ट्रले सहभागिता जनाउने छन् । तर, प्रतियोगितामा सहभागी राष्ट्रको भने तय भएको छैन ।

नेपालले सन् २०२० मा हुने टी–ट्वान्टी विश्वकपको लागि आयोजना हुने एसिया छनोटको तयारीको रुपमा प्रतियोगिता खेल्न लागेको हो । विश्वकपका लागि एसिया छनोट अगष्टमा हुँदैछ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


सभामुखको तजबिजी कायमै
नेपालबहस संवाददाता