६ कार्तिक २०७८, शनिबार

टोटेनहम प्रशिक्षकलाई दुई खेलको प्रतिबन्ध

प्रकाशित मिति :  २२ फाल्गुन २०७५, बुधबार १६:५४


एजेन्सी । प्रिमियर लिग क्लब टोटेनहमका मुख्य प्रशिक्षक माउरिसियो पोचिटिनोलाई दुई खेलको टच लाइन प्रतिबन्ध लागेको छ ।वर्नलीविरुद्वको खेलमा रेफ्रीसंग गरेको विवादका कारण ईङ्लिस फुटबल संघले पोचिटिनोलाई दुई खेलको टच लाइन प्रतिबन्ध लगाएको हो ।

संघको कारबाहीसंगै प्रशिक्षक पोचिटिनोले साउथह्याम्टन र लिभरपुलविरुद्वको दुई खेलमा दर्शक बन्नु पर्ने भएको छ । दुई खेलको टच लाइन प्रतिबन्धसंगै उनलाई १० हजार पाउण्ड जरिवाना समेत गरिएको छ ।

च्याम्पियन्स लिगमा बोरुसिया डर्टमण्डलाई हराएर क्वार्टरफाईनलमा प्रवेश गरेको केही घण्टा पछाडी टोटेनहमका प्रशिक्षकमाथि कारबाही गरिएको हो ।

टोटेनहमले समग्रमा ४–० को नतिजा सहित प्रतियोगिताको अन्तिम ८ मा स्थान बनाएको थियो । गत महिला वर्नलीसंग पराजित भएपछि पोचिटिनोले रेफ्रीसंग मैदानमा विवाद गरेका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा