काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पेप्सीकोलास्थित उर्जाशिल अपाङग सशक्तिकरण केन्द्रलाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले सो केन्द्रलाई १ थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ ।
सो कार्यक्रममा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले केन्द्रका अध्यक्ष कपिल वि.क.लाई १ थान कम्प्युटर हस्तान्तरण गरे । यसबाट देशमा विद्यमान शारिरीक अपाङगता भएका व्यक्तिहरुलाई पनि सूचना प्रविधिको पहुँचमा सहयोग पुग्नेछ ।
यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकिङ्ग सेवाको अतिरीक्त बेला–बेलामा आफ्नो देशमा विद्यमान ८१ ओटा शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जानकारी दिए ।