१९ चैत्र २०७९, आईतवार

हातहतियार मुद्दामा कैद र जरिवना

प्रकाशित मिति :  २२ फाल्गुन २०७५, बुधबार १९:४६


भोजपुर । जिल्ला अदालत भोजपुरले हात हतियार खरखजना मुद्दामा एक युवकलाई छ महीना कैद र जरिवानाको फैसला गरेको छ ।

अदालतले भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नं ८ बासिखोराका ३१ वर्षीय प्रविण राईलाई छ महीना कैद र १५ हजार जरिवानको फैसला गरेको हो ।

प्रहरीले राईलाई गत पुस ९ गते बाँदर तर्साउनका लागि घरमा राखेको बन्दुकसहित पक्राउ गरेको थियो । राईलाई प्रहरी जवान सञ्जीवकुमार राईको जाहेरीले पक्राउ गरेको हो ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा