१४ चैत्र २०७९, मंगलवार
राजनीति

आजदेखि सभापति देउवा साताव्यापी जिल्ला भ्रमणमा जाँदै, यस्तो छ ‘कार्यतालिका’

प्रकाशित मिति :  २३ फाल्गुन २०७५, बिहीबार ०७:११


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा आजदेखि साताव्यापी जिल्ला भ्रमणमा जाने भएका छन् । मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाको जिल्ला भ्रमणको कार्यतालिका सार्वजनिक बुधबार सार्वजनिक गरेका हुन् ।

यस्तो रहेको छ सभापति देउवाको साताव्यापी जिल्ला भ्रमणको कार्यतालिकाः

२०७५ फागुन २३ गतेः
सभापति देउवा फागुन २३ गते अाज ११ः १५ बजे काठमाडौंबाट बुद्ध एयरको उडानद्वारा विराटनगर प्रस्थान गर्ने। उनले विरेन्द्र सभा गृहमा सृष्टि पत्रिकाको वार्षिकोत्सवको उद्घाटन गर्ने । त्यस्तै भोली नै सभापति देउवाले मोरङ्ग जिल्लाबाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच हुँदै गरेको छलफल कार्यक्रममा सहभागी जनाउने कार्यक्रम तय भएको छ ।

साथै शुक्रबार भोलिनै उनी जिल्लाबाट निर्वाचित ससदहरुसँग छलफल कार्यक्रममा सहभागी भई दिउँसो ४ः १५ बजे बुद्ध एयरकै उडानबाट काठमाडौं फर्कनुहुने कार्यतालिका रहेको छ ।

२०७५ फागुन २४ गतेः
फागुन २४ गते दिउँसो २ः १५ बजे वुद्ध एयरको उडानबाट सभापति देउवा पोखरा प्रस्थान गर्ने छन् ।

२०७५ फागुन २५ गतेः
फागुन २५ गते विहान ९ बजे पोखराबाट हेलिकोप्टरबाट उनीम्याग्दीको सिंहा तातोपानी प्रस्थान गर्ने भएका छन् । म्याग्दीको सिंहा तातोपानीबाट सडक मार्ग हुँदै उनी बेनी बजार प्रस्थान गर्नुहुने कार्यतालिकामा उल्लेख गरिएको छ । त्यसपछि उनले नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीको भवनको उद्घाटन गर्नेछन् ।

२०७५ फागुन २६ गतेः
फागुन २६ गते विहान ९ बजे बेनीबाट सडक मार्ग हुँदै उनी पर्वतको जलजला गाउँपालिकाको मिलनचोक प्रस्थान गर्ने कार्यतालिका छ । त्यहाँ उनले नेपाली कांग्रेस जलजला गाउँ कार्यसमितिको भवनको शिलन्याश गर्ने कार्यक्रम रहेको छ । भवनको शिलन्याश गरिसकेपछि उनी सडक मार्ग हुँदै बाग्लुङको सदरमुकाम बाग्लुङबजार जानेछन् । जहाँ उनले आफ्नो कार्यकर्ताको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

२०७५ फागुन २७ गतेः
फागुन २७ गते विहान ९ बजे सभापति देउवा बाग्लुङ सदरमुकामबाट सडक मार्ग हुँदै पर्वतको कुश्मा प्रस्थान गर्नेछन् । त्यहाँ उनले नेपाली कांग्रेस पर्वत जिल्लाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्नेछन्। जिल्ला सम्मेलनलाई सम्बोधनपछि उनी सडक मार्ग हुँदै कुश्माबाट पोखरा फर्कर्ने छन् । फागुन २८ गते उनी पोखराबाट हवाई मार्गबाट काठमाडौं फर्कर्ने मुख्य सचिव पौडेलद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा