१९ चैत्र २०७९, आईतवार
पत्रपत्रिका

सरकारको लक्ष्य : न खर्च गर्न सक्यो, न राजस्व संकलन

प्रकाशित मिति :  २३ फाल्गुन २०७५, बिहीबार ०७:१८


काठमाडौं । सरकारले यस वर्षको बजेटमा निर्धारित खर्च। राजस्व संकलन वैदेशिक ऋण र अनुदान परिचालनका लक्ष्य घटाएको छ ।

साउनदेखि पुससम्मको प्रगति उल्लेख्य हुन नसकेको देखाउँदै अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षामार्फत मंगलबार लक्ष्यहरु घटाएको हो ।

पुँजीगत खर्च १४.५ प्रतिशत, चालु खर्च ५.६ वित्तिय व्यवस्थापन खर्च १३ प्रतिशतले घटाइएको छ । यसले समग्र खर्च ८.८ प्रतिशत कम हुने अनुमान छ ।

राजस्व संकलन लक्ष्यभन्दा ३ प्रतिशत कम हुनेछ । मध्यावधि समीक्षामार्फत अन्य लक्ष्य मात्रै घटाउने परम्पराविपरीत यस पटक राजस्व संकलनको लक्ष्यसमेत घटाइएको हो ।

वैदेशिक सहायता र ऋण क्रमशः ३२ र ३५.६ प्रतिशत कम हुने गरी लक्ष्य संशोधन गरिएको छ । विगतका वर्षहरुमा जस्तै विकास बजेट सबैभन्दा कम खर्च हुने भएको छ ।

विकास बजेट ‘पुँजीगत’ तर्फ ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ छुट्याएकामा २ खर्ब ६५ अर्ब २६ करोड मात्रै खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ । यो समाचार कृष्ण आचार्यले कान्तिपुरमा लेखेका छन् ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








सभामुखको तजबिजी कायमै
नेपालबहस संवाददाता