८ चैत्र २०७९, बुधबार
दुर्घटना/मृत्यु

कपिलवस्तुमा गोली चल्यो : विप्लब नेतृत्व नेकपाका कार्यकर्ता घाइते !

प्रकाशित मिति :  २३ फाल्गुन २०७५, बिहीबार ११:१०


कपिलवस्तु । कपिलवस्तुमा गोली लागेर विप्लब नेतृत्वको नेकपाका कार्यकर्ता घाइते भएका छन् । शिवराज नगरपालिका ९ मा घर खानतलासी गर्ने क्रममा भागेपछि प्रहरीले गोली हान्दा नेकपाका कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका हुन् ।

प्रहरीले घटनाको पुष्टि नगरे पनि प्रत्यक्षदर्शीले रोकाको खुट्टामा गोली लागेको बताएका छन् । रोकाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

उनको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । रोकाको घरबाट प्रहरीले दुईवटा सर्ट मेशिन गन एसएमजी, ३ थान म्यागजिन र एउटा चाइनिज पेस्तोल बरामद गरेको छ ।

प्रहरीले अर्को घरमा खानतलासी गर्दा भने स्थिति तनावपूर्ण बनेको स्थानीयबासिन्दाले जानकारी दिएका छन् ।


13
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा