रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालय नजीकै दुइवटा सकेट बम फेला परेको छ । गा.पा देखी करीव ५० मिटर पश्चिम उत्तरतर्फ रातो झोलाभीत्र पोलेथीन व्यागमा राखेका वेवारीसे अवस्थाका दुइवटा बम फेला परेको प्रहरीले बताएको छ ।
उक्त बम मंगलबार राती गाउँपालीकाको गाडीमा आगजनी गर्ने उदेश्यले लिएर आएको र भाग्नेवेला खसेको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।
वम बिहीबार विहान स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए भने प्रहरी घटनास्थल पुगीसकेको छ ।