८ कार्तिक २०७८, सोमबार

नेपालको नयाँ नक्सा सार्वजनिक

प्रकाशित मिति :  २३ फाल्गुन २०७५, बिहीबार १३:२२


काठमाडौं । संघीय संरचना बमोजिम नेपालको नयाँ नक्सा सार्वजनिक गरिएको छ । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेको हो ।

सातवटै प्रदेशको टुंगो लागि नसकेको अवस्थामा मन्त्रालयले नक्सा सार्वजनिक गरेको हो । मन्त्रालयले ७७ जिल्ला,७ प्रदेश र ७ सय ५३ पालिकासहितको नेपालको नक्सा चाडै सार्वजनिक गर्ने जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले टुंगो लागेका ३ वटा प्रदेश नक्सामा समावेश गरिएको र टुंगो लाग्न बाँकी ४ वटा प्रदेशको नाम खाली राखेर नक्सा सार्वजनिक गरिएको बताए ।

नेपालको नक्सा गलत रुपमा प्रयोग भएकाले मन्त्रालयले अधुरै भए पनि नक्सा सार्वजनिक गरेको उनको भनाइ छ । मन्त्री अर्यालले सरकारले चाडै भू–उपयोग ऐन ल्याउने जानकारी पनि दिए ।

भूमि व्यवस्थापनको लागि सरकारले दीर्घकालीन लक्ष्य र योजना बनाएको भन्दै उनले खेती योग्य जमिन बाँझो राख्न नपाइने उल्लेख गरे ।

सरकारको समृद्ध नेपाल र सुखी नेपालीको दीर्घकालीन लक्ष्य जमिन बाँझो राखेर सम्भव नहुने भएकाले विशेष नीति बनाएर अगाडि बढ्ने जानकारी दिए । भूमि व्यवस्थापन गर्न सरकारले कानुन निर्माणको तयारी गरेको पनि जानकारी दिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा