१४ चैत्र २०७९, मंगलवार

राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहको उद्घाटन गर्ने

प्रकाशित मिति :  २३ फाल्गुन २०७५, बिहीबार १३:३०


ललितपुर । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आयोजना गर्ने यसवर्षको अन्तर्राष्ट्रिय महिला दिवसको मूल समारोह राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भएकी छन् ।

मन्त्रालयले पत्रकार सम्मेलन गरि मार्च ८ अर्थात् शुक्रबार हुने कार्यक्रमको राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने जानकारी दिएको हो । शुक्रबार भोली बिहान १० बजे राष्ट्रपतिले उद्घाटन गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्त राजेन्द्रप्रसाद पौडेलले कार्यक्रमको जानकारी गराउँदै मार्च ८ कै दिन बिहान र्यालीको आयोजना गरिएको पनि बताए । उनका अनुसार भृकुटीमण्डपबाट बिहान ७ बजे र्यालीको आयोजना गरिएको छ ।

मन्त्रालयले महिलाहरुको आर्थिक, राजनीतिक तथा सांस्कृतिक अधिकारको विश्वव्यापी आवाज बुंलन्द भएको संस्मरणमा मनाइने उक्त दिवसमा सक्रियताका साथ सहभागी हुन सबैलाई अनुरोध गरेको छ ।

यसवर्षको अन्तर्राष्ट्रिय महिला दिवस ‘लैंगिक समानताका लागि समान सोंच र व्यवहार स् समृद्धिको आधार’ भन्ने नाराका साथ मनाईंदैछ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा