६ कार्तिक २०७८, शनिबार

सुन र चाँदीका सरसामानसहित दुईजना पक्राउ

प्रकाशित मिति :  २३ फाल्गुन २०७५, बिहीबार १३:५४


कैलाली । सुन र चाँदीका सरसामानसहित कैलाली प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । लम्की चुहा नगरपालिका-३ चिसापानी प्रहरी चेक पोष्टमा सवारी जाँचका क्रममा २ किलो २३२ ग्राम सुनसहित धनगढी उपमहानगरपालिका-१ का ४५ वर्षीय रमेशकुमार सैजु र कैलारी गाउँपालिका-५ की २५ वर्षीय सीताकुमारी चौधरीलाई कारमा आइरहेको अवस्थामा प्रकाउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनीहरुको साथबाट बा१च ७४१३ नम्बरको कारसहित चाँदीको करुवा १० वटा, चाँदीकै बडर भएको काठको फ्रेम ४३, टिकादानी १२, चाँदीको सतपाला ७, चाँदीको आचमनी र पञ्चपाक ३२र३२ थान, १८ वटा नगसहितको औठी र तीन थान मोवाइल बरामद गरेको छ ।

पक्राउ परेका दुबैजनालाई बरामद सामानसहित थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग मध्य तथा सुदूरपश्चिमाञ्चल कार्यालय कोहलपुर पठाइने प्रहरीले जानकारी दिएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा