३ कार्तिक २०७८, बुधबार
विदेश

यी हुन विश्वकै कान्छी अर्बपति : काइली जेनर

प्रकाशित मिति :  २३ फाल्गुन २०७५, बिहीबार १४:०१


वासिंटन । अमेरिकाकी काइली जेनर विश्वकै कान्छी अर्बपति बन्न सफल भएकी छन् । कम उमेरमा आफ्नै बलबुतामा अर्बपति बनेकी उनलाई फोर्ब्स म्यागजिनले विश्वकै कान्छी अर्बपति भनेको छ ।

सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनर शृङ्गारका सामानको व्यवसायमा संलग्न छिन् । उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्षमात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको बताइएको छ ।

२१ वर्षको उमेरमै अर्बपतिको सूचीमा सामेल हुँदै उनले फेसबुकका संस्थापक मार्क जुकर्बर्गलाई उछिनेकी छन्। विश्वकै कान्छा अर्बपतिका रूपमा सूचीकृत हुँदा जुकर्बर्ग २३ वर्षका थिए ।

सोशल मिडियामा पनि काइली उत्तिकै सक्रिय छिन् । यसबाट पनि उनले आफ्नो व्यवसायको प्रचारप्रसार तथा लोकप्रियतामा चाँडो प्रगति हासिल गरेको विश्लेषकहरु बताउँछन् । इन्स्टाग्राम, फेसबुक, स्न्यापच्याट, ट्विटर लगायतमा उनका १७५ मिलियन फलोअर छन् । एजेन्सी


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








चीनबाट रासायनिक मल आउन सुरु
नेपालबहस संवाददाता