३ कार्तिक २०७८, बुधबार

विप्लवका कार्यकता सल्यानबाट पक्राउ

प्रकाशित मिति :  २३ फाल्गुन २०७५, बिहीबार १४:२६


सल्यान । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानका जिल्ला सदस्य मदन केसी “वैज्ञानीक” पक्राउ परेका छन् ।

नेकपाले बिहीबार आज आह्वान गरेको राप्ती अञ्चल बन्दका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सडकमा बन्द गर्दै हिडेको अवस्थामा श्रीनगर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी गिरीराज भण्डारीले बताए ।

यता अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष टंक प्रकाश केसीले सडकमा यात्रा गरिरहेको अबस्थामा पक्राउ परेको जनाएका छन् । उनले जिल्लाका पुर्व विद्यार्थी नेता समेत रहेका ‘वैज्ञानिक’लाई यथाशिघ्र रिहाइको माग गरेका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








चीनबाट रासायनिक मल आउन सुरु
नेपालबहस संवाददाता