२१ मंसिर २०७९, बुधबार
नेपाल प्रहरी

निर्मला हत्या प्रकरण: एसपी विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर

प्रकाशित मिति :  २३ फाल्गुन २०७५, बिहीबार १४:४८


काठमाडौं । निर्मला पन्त हत्या प्रकरण नयाँ मोडमा आईपुगेको छ । अहिले सम्म पनि रहस्यमय नै रहेको उक्त मुद्दामा प्रहरीको अुनसन्धान लगभग असफल जस्तै भएको टिप्पणी हुन थालेको छ ।

निर्मलाको न्यायका लागि सुरु गरिएका अभियानहरु पनि सेलाए । तर निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक ‘एसपी’ डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टले दिएको जाहेरीका आधारमा बुधबार जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर भएको हो ।

बर्खास्तीमा परेका तत्कालीन एसपी विष्ट र निलम्बित डीएसपी अंगुर जिसीलाई फरारको सूचीमा राखिएको छ भने इन्सपेक्टर एकेन्द्र खड्का जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई अदालतमा उपस्थित गराइएको छ । उनीहरुको बयान आजबाट सुरु हुनेछ ।

निर्मला पन्त प्रकरणमा संलग्नको आशंकामा ६ जना कञ्चनपुर प्रहरीको हिरासतमा छन् । बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि धरौटीमा छोड्ने वा पुर्पक्षका लागि कारागार पठाउन आदेश हुनेछ ।

घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्नुको साथै प्रमाण नष्ट गरेको सरकारी छानविन समितिले औंल्याइएको थियो । साथै घटनामा संलग्न भएको आशंकामा पक्राउ परेकाहरुलाई यतना दिएर अपराध स्वीकार गर्न दबाव दिएका थिए ।


0
Shares
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा