११ कार्तिक २०७८, बिहीबार
राजनीति

किन निस्कदै छन्, वरिष्ठ नेता पौडेल शनिबारदेखि जिल्ला दौडाहामा ?

प्रकाशित मिति :  २३ फाल्गुन २०७५, बिहीबार १७:०८


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल शनिबारदेखि प्रदेश नम्बर४ र ५ का विभिन्न जिल्ला दौडाहामा निस्कनु भएका छन् । पौडेलको शनिबार जिल्ला दौडाहामा निस्केर चैत १ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

पौडेल चार नम्बर प्रदेशका म्याग्दी, बाग्लुङ, कास्कीमा पार्टीका विभिन्न कार्यक्रमलाई सहभागी हुनेछन् भने पाँच नम्बर प्रदेशका पश्चिम नवलपरासी, अर्धाखाँची र कपिलबस्तुमा पार्टीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए।

यस्तो रहेको छ नेता पौडेलको जिल्ला दौडाहा कार्यतालिकाः

२०७५ फागुन २५ गतेः
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ‘शनिबार’ फागुन २५ गते विहान पोखरा हुँदै म्याग्दी प्रस्थान गर्दै छन् उनले नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीको भवनको उद्घाटन कार्यक्रम सभालाई सम्बोधन गर्ने भएका छन् ।

२०७५ फागुन २६ गतेः
फागुन २६ गते विहान विहान ९ः ०० बजे वाग्लुङ्गको बैनीबाट उनी पर्वतको जलजला गाउँपालिकाको मिलनचोक जाँदै छन्। नेपाली कांग्रेस जलजला गाउँ कार्यसमितिको भवनको शिलन्याश कार्यक्रममा सहभागी भई उनी विहानको ठीक ११ः ३० मा नेपाली कांग्रेस जिल्ला कार्यसमिति कास्कीको आयोजनामा नवनिर्वाचित प्रेस यूनियनका पदाधिकारी तथा सदस्यहरुसँग भेटघाट गर्ने भएका छन् ।

२०७५ फागुन २७ गतेः
फागुन २७ गते उनले नेपाली कांग्रेस जिल्ला कार्यसमिति परासीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने भएका छन् ।

२०७५ फागुन २८ गतेः
फागुन २८ गते उनले दिनको १ः०० बजे सितगंगा नगरपालिका ढाडावासमा ज्योति बहुमुखि क्याम्पसको धार्मिक महोत्सवलाई सम्बोधन गर्ने भएका छन् ।

त्यस्तै सोही दिन दिनको ठीक ३ बजे सन्धीखर्क नगरपालिका वडा नं।६ नरपानी मा वी।पी। पार्क र वडा कार्यालय भवन शिल्यानाश गर्ने कार्यक्रम तय भएको छ ।

२०७५ फागुन २९ गतेः
फागुन २९ गते उनी विहान ८ बजे महिला संघ अर्घाखाँचीको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । दिनको ठीक १२ः३० बजे छत्रदेव गा।पा। वडा नं।४ मा शहिद रामहरी ज्ञवाली, शहिद शिवलाल पोखरेल, शहिद पदम लोचन श्रेष्ठको सालिक अनवरण गर्ने भएका छन् । त्यसपछि शहिद रा।शि।प। स्मृति भवन उद्घाटन गर्दै छन् । साथै उनले दिनको १ बजे आसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

२०७५ फागुन ३० गतेः
फागुन ३० गते उनले नेपाल महिला संघ कपिलवस्तुको आयोजनामा हुने आमसभालाई सम्बोधन गर्दै छन्

२०७५ चैत १ गते
चैत १ गते उनले कपिलवस्तुका विभिन्न स्थानहरुमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै छन्, भने सोही दिन उनी काठमाडौं फर्कर्ने भएका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा