६ कार्तिक २०७८, शनिबार

आइएमईको जीवनबीमा पोलिसी माछापुच्छ्रे बैंकबाट लिन पाइने, संचालक समितिमा पोख्रेल नियुक्त

प्रकाशित मिति :  २३ फाल्गुन २०७५, बिहीबार १८:१८


काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्तबैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीकातर्फबाट सहायक महा प्रबन्धक आशिष सिंह र माछापुच्छ्रे बैंक लिमिटेडका तर्फबाट उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

सो बैंक अस्योरेन्स सम्झौता पश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले माछापुच्छ्रे बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

आइएमईको सञ्चालक समितिमा पोख्रेल नियुक्त 

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरधनीहरु मध्ये एक्रश मनी ट्रान्सफर प्रा. लि रहेको थियो । उक्त कम्पनीको तर्फबाट इश्वर कुमार कार्कीले प्रतिनिधित्व गर्दै आएका थिए । तर उनको राजिनामा पश्चात रिक्त रहेको उक्त सञ्चालक पदमा कम्पनीका तर्फबाट प्रतिनिधित्व गर्नका लागि दिपक शर्मा पोख्रेललाई चयन गरी यस कम्पनीको सञ्चालक समितिमा नियुक्त गर्नका लागि अनुरोध गरेकोमा सो सम्बन्धमा यस कम्पनीको सञ्चालक समितिको बैंठकले शर्मालाई विधिवत सञ्चालक समितिमा नियुक्त गर्ने निर्णय गरेको छ ।

नवनियुक्त सञ्चालक समितिका सदस्य दिपक शर्मा पोख्रेललाई स्वागत गरी ईश्वर कुमार कार्कीलाई बिदाई गरिएको आईएमइले जानकारी दिएको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६७ भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ । आइ.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवनबीमा बिस्तार गर्नु रहेको प्रमुख– जनसम्पर्क व्यवस्थापक राजु पौडेलले जानकारी दिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा