८ चैत्र २०७९, बुधबार

बहिरा विद्यार्थीलाई खाद्यान्न

प्रकाशित मिति :  २३ फाल्गुन २०७५, बिहीबार १८:५१


प्रकाश डोटेल

स्याङ्जा । स्याङ्जा सरमुकामस्थित पुतलीबजार नगरपालिका ३ मा रहेको चण्डिकालिका बहिरा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्थानीय एक सहकारीले खाद्यान्न सामाग्री विरतण गरिएको छ ।

पुतलीबजार नगरपालिका ५ नयाँबजारमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीलाई खाद्यान्न वितरण गरेको हो । विद्यालयमा अध्ययनरत फरक क्षमताका २२ विद्यार्थीलाई १५ दिन पुग्ने खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

खाद्यान्न सामग्रीमा चामल, तरकारी, तेल र फलफूल प्रदान गरिएको संस्थाको अध्यक्ष नरेन्द्रविक्रम थापाले जानकारी दिए । उनका अनुसार संस्थाका शेयर सदस्य मुनाफा वापत २-४ हजार लिनुको सट्टा अपाङ्ग भएका विद्यार्थीलाई सहयोग गर्ने मनसायले खाद्यान्न सामाग्री दिएका हौं ।

खाद्यान्न वितरण कार्यक्रममा जिल्ला शिक्षा समन्वय ईकाइका प्रमुख घनश्याम पौडेल, पुतलीबजार नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अमृतकुमार श्रेष्ठ, वडा नं. ५ का वडा अध्यक्ष रामचन्द्र रेग्मी, नेपाल पत्रकार महासंघ स्याङ्जाका निवर्तमान अध्यक्ष प्रकाश डोटेलले संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत सृजनशिल काम गरेको बताए ।

सहयोगी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेन्द्र विक्रम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संस्थाका पूर्व अध्यक्ष देबीप्रसाद रेग्मी र स्वागत संस्थाका सल्लाहकार हेमबहादुर थापाले गरेका थिए ।


13
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा