१९ चैत्र २०७९, आईतवार
राजनीति

नारी दिवसमा राष्ट्रपतिको सन्देश ‘महिलाविरुद्धका सबै विभेद र उत्पीडनको अन्त्य गरौँ’

प्रकाशित मिति :  २४ फाल्गुन २०७५, शुक्रबार ०८:०२


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नारी दिवसको शुभकामना व्यक्त गरेकी छिन् । १०९ औँ अन्तर्राष्ट्रिय नारीदिवस, २०१९ को पूर्वसन्ध्यामा एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भनेकी छिन्, ‘१०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना दिन चाहन्छु ।’

यस वर्षको अन्तर्राष्ट्रिय नारीदिवसको राष्ट्रिय नारा ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार स् समृद्धिको आधार’ रहेको छ । जसले सम्पूर्ण महिलाको चौतर्फी विकास र सशक्तीकरण अतिआवश्यक छ भन्ने सन्देश दिइरहेको राष्ट्रपति भण्डारीले बताइन् ।

‘संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म पूरा गर्ने गरी तय गरेको दिगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानतालार्इ प्राथमिकताका साथ उठाएको छ,’ राष्ट्रपति कार्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले पनि महिलाको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरेको छ ।

यसको मर्म र भावना बमोजिम कार्यान्वयन गर्न नीतिगत, संस्थागत र कार्यक्रमहरुको समेत थालनी गरिसकेको अवस्था छ । यी सबै प्रावधान र प्रयासहरुलार्इ सफल बनाउन सकेमा सबै महिलाहरुका लागि नेपाल अनुकरणीय बन्न सक्नेछ ।’

उनले नारीदिवसको अवसरमा महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आआफ्नो क्षेत्रबाट अग्रसर हुन आग्रह गरेकी छिन् । उनले भनिन, ‘यो दिवसले हामी सबैलाई महिलाको हक, अधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण सम्वेदनशील भईरहन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा