८ चैत्र २०७९, बुधबार

मैत्रीपुर्ण खेलका लागि मेस्सी अर्जेन्टिनाको टिममा

प्रकाशित मिति :  २४ फाल्गुन २०७५, शुक्रबार १०:३२


काठमाडौं । स्टार स्ट्राइकर लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टोलीमा फर्किएका छन् । विश्वकपपछि राष्ट्रिय टोलीमा नरहेका मेस्सी मैत्रीपूर्ण खेलमा लागि अर्जेन्टिनाको टिममा फर्किएका हुन् ।

यसै महिना भेनेजुएला र मोरक्कोविरुद्ध हुने मैत्रीपुर्ण खेलका लागि मेस्सी अर्जेन्टिनाको टिममा परेका हुन् । अर्जेन्टिनाले निकालेको ३१ सदसीय टोलीमा मेस्सी परेका छन् ।

बार्सिलोनाका मेस्सीले गत जुनमा रुसमा सम्पन्न विश्वकप पछि अर्जेन्टिनाको टिमबाट खेलेका थिएनन् । मेस्सीले यस बीचमा ६ मैत्रीपुर्ण खेल गुमाएका थिए ।

यस्तै पेरिस सेन्ट जर्मेन ‘पीएसजी’का फरवार्ड एन्जल डी मारिया समेत विश्वकपपछि पहिलो पटक टिममा अटाएका छन् । अर्जेन्टिनाले मार्च २३ मा भेनेजुएला र २६ मार्चमा मोरक्कोसंग खेल्दैछ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा